काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना भाइरसको संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो ।
नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुष रहेका छन । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।