२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । यो खबर ओखलढुंगा जिल्लास्थित खिजिदेम्बा गाउँपालिका वडा नं. १ मा पर्ने तीनपुरी गाउँको हो ।  गत शनिबार नेपाली कांग्रेसबाट निर्वाचित खिजिदेम्बा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सरोज सुनुवार गाउँकै एक महिलासँग अनैतिक सम्बन्ध राख्दै गर्दा फेला परे ।

स्थानीय भुजेल थरकी एकल महिलासँग वडाध्यक्ष सुनुवार अनैतिक सम्बन्ध राख्दै गर्दा तिनै महिलाकी छोरीले देखेकी हुन् । छोरीले त्यो खबर लगत्तै गाउँका एक आफन्तलाई सुनाइन् । ती महिलाकी छोरीको भनाई उदृत गर्दै त्यो खबर सुनेका उनका आफन्त संचारकर्मिलाई सुनाउँछन्, ‘हाम्रो आमा र वडाध्यक्ष अर्धनग्न अवस्थामा सुतिरहनुभएको छ ।’

त्यसपछि यो खबर एक कान दुई कान हुँदै गाउँभरी फैलियो ।

गाउँलेको सोधपुछमा दुवैको ‘इन्कारी बयान’
घटना बाहिरिएपछि गाउँलेले वडाध्यक्ष र महिलालाई सोधपुछ गरे । जुन भिडियो हामीसँग सुरक्षित छ । सोधपुछका क्रममा दुवैले इन्कारी बयान दिएका छन् ।

महिला र अध्यक्ष दुवैले यो घटना वास्तविक नभएको भन्दै यसलाई ठूलो बनाउन नहुनेमा जोड दिएको भिडियोमा उल्लेख छ ।

वडाध्यक्ष र महिलाबाट आरोप अस्वीकार
वडाध्यक्ष सुनुवार र भुजेल थरकी ती महिलाले घटनालाई अस्वीकार गरेका छन् । उनीहरुले आफूहरुको बदनाम गर्न खोजेको बताएका छन् ।

‘मलाई बदनाम गर्नका लागि यो कुरा भइरहेको छ, म खाना खान गएर फर्केको हुँ, आरोप लगाएजस्तो कुनै काम गरेको छैन ।’ वडाध्यक्ष सुनुवारले भने । त्यस्तै ती महिलाले पनि आफूलाई अपहेलित गर्नका लागि यो आरोप लगाएको बताइन् ।

कसरी भयो घट्ना ?
शनिबार स्थानीय परम्पराअनुसार गाउँमा पुजा चलिरहेको थियो । प्राय गाउँका सबैजना पुजामा पुग्ने चलन छ, यहाँको । परम्पराअनुसार पुजामा देखिनुपर्ने आमा नदेखिएपछि उनकी छोरी आमा खोज्दै घर पुगिन् ।

तर, घर पुग्दा वडाध्यक्षसँग आफ्नो आमा आपत्तिजनक अवस्थामा फेला पारिन्, । त्यसपछि यो घट्ना उनले गाउँका एक आफन्तलाई सुनाइन् । घट्ना बाहिरियो, हल्लाखल्ला मच्चियो ।

घटना सामसुम पार्न अनेक प्रयास
स्थानीयका अनुसार घटनालाइ सामसुम पार्ने अनेक प्रयास भइरहेको छ । वडाध्यक्षले यो घटनालाई अतिरञ्जित बनाएको खण्डमा राम्रो नहुने भन्दै सबैलाई धम्की दिँदै आएको खबर उज्ययालो नेटवर्कले लेखेको  छ ।

 

फेसबुक प्रतिक्रियाहरु