लक्ष्मण गौतम
कोरोना भाईरसको भ्याक्सिन बन्दैन तेसैले यो छिटो जादैन । कोरोना भाईरस कम्तीमा पनि अर्को २ बर्ष माहामारीकै रुपमा रहन्छ र बिस्तारै हाम्रो शरीरको प्रतिरोधात्मक शक्त्ती ( यन्टीमडी ) बढ्दै गएर यो भाईरसको असर कम हुँदै जान्छ । अबको ३-४ साता पछि युरोप ,अमेरिका ,ब्राजिल ,रशिया ,भारत, पाकिस्तान लगायत बिश्वका धेरै देशहरुमा झै नेपालमा पनि यो भाईरसका कारण केहीको मृत्यु हुन सुरु हुन्छ र हामीमा झन त्रास फैलिन्छ तर पैसाकै कारण अन्य मुलुकहरुमा झै नेपालमा पनि लकडाउन अहिलेकै अवस्थामा झै निरन्तर रहन सक्दैन । बिस्तारै उधोग , पसलहरु खुल्न थाल्छन तर पहिलेको झै सामान्य अवस्था भने आउँदैन तसर्थ केही क्षेत्रको लगानी डुब्ने खतरा चाँही छ ।
१- पर्यटन क्षेत्र : पैसाको अभाव र कोरोनाको त्रासका कारण नेपालमा पर्यटकहरु कम्तीमा पनि अर्को दुई बर्ष आउँदैनन तसर्थ पर्यटकलाई लक्षित गरेर गरिएको सबै लगानी डुब्छ ।
२- होटल / रेन्टुरेन्ट : नेपालमा बल्ल माहामारी फैलिने क्रममा छ ,कोरोनाको त्रास र पैसाको अभाव आउनै बाँकी छ तसर्थ अझै केही समय ( कम्तिमा दसैं तिहार सम्म ) यो क्षेत्र प्रभावित हुन्छ र पहिलेको जस्तो सामान्य अवस्थामा आउन अर्को २ बर्ष लाग्छ ।
३- उधोग र पसल : पैसाको अभावका कारण मानिसले अत्यन्तै आवस्यक बाहेक फजुल खर्च गर्दैनन तसर्थ देशको अर्थतन्त्र पहिले कै अवस्थामा नआउदा सम्म यो क्षेत्र पनि प्रभावित रहन्छ ।
४- निर्माण : अहिले बिदेश गएकाहरुले तराईमा घर बनाउने क्रम तिब्र रुपमा चलेको छ तर अब रेमिटान्स नै रोकिए पछि घर बन्ने काम पनि स्वतह रोकिने नै भो तेस्तै खस्किदो अर्थतन्त्रका कारण सरकार सँग पनि बिकास निर्माण तर्फको बजेट कम हुन्छ ।
५- अस्पताल र औषधी : अबको केही समय मानिस घरमै बस्छन र बाहिरको खाना खाँदैनन तसर्थ मान्छे स्वस्थ्य रहन्छन तेस्तै सडकको चाप कम हुँदा दुर्घटनामा पनि कमी आउछ तसर्थ कम मानिस अस्पताल जान्छन र औषधीको खपत पनि कमै हुन्छ ।
६- शैक्षिक ,सार्वजनिक यातायात र हवाई क्षेत्र : मानिसमा कोरोनाका कारण १ बर्ष नपढे पनि केही हुँदैन भन्ने मानसिकताको बिकास भएको छ भने त्रासकै कारण धेरै मानिसले अब केही समयका लागि सार्वजनिक यातायात र हवाई सेवाको प्रयोग गर्दैनन ।
तर नेपालमा अब सबै भन्दा बढी फस्टाउने भनेको कृषि क्षेत्र हो । लाखौं नेपाली बिदेशबाट स्वदेश फर्के सँगै बजारमा खाध्यान्नको माग बढछ भने अब यो क्षेत्र सरकारको प्राथमिकतामा पर्छ र यो क्षेत्रको बजेटमा पनि बृद्दी हुन्छ ।
( यो लेखकको नितान्त ब्यक्त्तीगत आकलन र बिचार हो र उनी नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन )