काठमाडौं ।नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
केही दिन एता नयाँ संक्रमितको संख्यामा दर्जनले बृदी भइराखेका छन । संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका संक्रमित मध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारका हुन् । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।
उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए
उनीहरू मध्ये चार जना सुरक्षाकर्मी हुन् । दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।
नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।