२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।  भारतीय सिमावर्ती क्षेत्रमा देखिएको कोरोना नेपालक विभिन्न भागमा समेत देखिन थालेको छ ।

काठमान्डौ र भक्तपुर पछि कोरोना भाइरस संक्रमित काभ्रेको धुलिखेलमा पनि भेटिएको छ । काभ्रेको धुलिखेलमा रहेको  अस्पतालको  प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो  ।

संक्रमितको बाँकेको नेपालगन्ज निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।  मन्त्रलयको अनुसार संक्रमित व्यक्तिको  अवस्था सामान्य रहेको छ । आजै कपिलबस्तुमा पनि एक जना थपिएका छन् ।  योसँगै कोरोना संक्रमितको आधिकारिक संख्या २१९ पुगेको मन्त्रालयले जनाएको छ। ।

 

फेसबुक प्रतिक्रियाहरु