काठमान्डौ: कपिलवस्तुमा थप १० जना र सप्तरीको डाक्नेश्वोरी नगरपालिका वडा नम्बर ३ मा एक जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जना र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षण अनुसार सप्तरीको डाक्नेश्वोरी नगरपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय पुरुपमा कोरोनाभाइरसको संक्रमण देखिएको छ |
कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ ।
यसैगरी बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर ५ मा ४० जना फेला परेका छन् । बाँकेमा २४ जना र उपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
सोमबार ११ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।