२०८१ पुस २६, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

लक्ष्मण गौतम
भारतमा लगभग ६० हजार संक्रमित भैसकेको अवस्था छ भने २१०० प्लसको मृत्‍यु भैसकेको छ । अहिले पनि दिनहु सयौ मानिस सिमाबाट नेपाल भित्रन्छन । सिमा नियन्त्रण नगर्दा सम्म नेपालमा लकडाउनको कुनै अर्थ छैन । सरकार न परिक्षण बढाउन सक्छ, न सिमा नियन्त्रण गर्न सक्छ, न सिमा वा अन्यत्रबाट आफ्ना नागरिकको उद्दार गर्न सक्छ । खाडी मलेसियामा १ लाख ७० हजार नेपालीहरुले नेपाल फर्कनका लागि नेपाली दुताबासमा आबेदन दिएका छन भने बिभिन्न कारणले आबेदन दिन नसकेका पनि लगभग तेती नै होलान र अबको केही सातामा त्यो नम्बर अर्को ४ गुणा बढ्ने छ । सरकार सँग न आफ्ना लाखौं नागरिक नेपाल ल्याउने कुनै योजना छ ,न नेपाल ल्याएर क्वारेन्टाईनमा राखेर परिक्षण गर्ने तयारी छ र न ति युवाहरुलाई देशमा रोजगारी दिने कुनै निती तथा योजना छ ।

नेपालमा भिजीट नेपाल २०२० का नाउमा पर्यटन क्षेत्रमा अर्वौ को लगानी भएको छ भने अब लगभग त्यो सबै लगानी डुब्ने र लगानीकर्ता सडक मै आउने प्रवल सम्भावना छ भने सरकार सँग लगानीकर्तालाई संरक्षण गर्ने कुनै योजना नै छैन तेस्तै कोरोनाका कारण पालना गर्नु पर्ने सामाजिक दुरी र पैसाको अभावका कारण टोल टोलका चिया पसलहरु बाहेक अरु कुनै पनि होटल तथा रेन्टुरेन्ट तत्काल चल्न सक्ने अवस्था छैन तसर्थ यता तिरको लगानी पनि जोखिममै छ ।

सरकारले उधोग खोल्न आवहान गरे पनि तत्काल उघोग खुल्न सक्ने अवस्था नै छैन । उघोग क्षेत्रमा देखिएको पैसाको अभावका कारण ब्याज ,बिद्युत महसुल ,कामदारको तलव तिर्न सक्ने अवस्था छैन भने लकडाउनका कारण भारतिय कच्चा पदार्थ र मजदुर आउन सक्ने अवस्था पनि छैन भने अहिले समान बेच्न बजार पनि छैन । सरकारले यि र यस्ता समस्याहरुको सम्बोधन गरेकै छैन तसर्थ मुखले खोल भन्दैमा उधोगहरु खुल्दैनन र यता तर्फको लगानी डुब्ने सम्भावना पनि बढेर गएको छ ।

बैदेशिक रोजगार ,उधोग ,होटल /रेस्टुरेन्ट पर्यटन क्षेत्र ,शैक्षिक क्षेत्र लगयत सबै बन्द हुँदा लाखौ मानिस बेरोजगार भएका छन भने यस तर्फ राज्यको कुनै ध्यान देखीदैन । बेरोजगारीका कारण नेपालमा अब अपराधहरु बढेर जाने सम्भावना देखिन्छ । अहिले नेपालमा भ्रष्ट्राचार देखी अपहरण र बलात्कार सम्मका घट्नाहरु बढेर गएका छन ।

भारतले लिपुलेकमा बाटो मात्र होईन रौतहटको दशगजामा समेत बाध बनाएको छ ,सयौ हेक्टर जमिन मिचेको छ तेस्तै चिनको तर्फबाट पनि सयौ हेक्टर जमिन मिचिएको छ । भूमिका अतिक्रमण मात्र होईन चिनिया र भारतिय राजदुतहरु कुटनितिक मर्यादा बिपरित सत्तापक्षका शिर्ष नेताहरुको घर घरमा पुगेका छन ।

यसरी सरकार कोरोना नियन्त्रण, आर्थिक र बेरोजगारीका समस्या समाधान, देशको सिमा र स्वाधिनताको रक्षा र देश भित्र मौलाएको अपराध नियन्त्रणमा पूर्ण रुपले असफल भएको देखिन्छ ।

( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन र यो उनको निजी बिचार हो )

फेसबुक प्रतिक्रियाहरु