नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर जाने ट्रयाक खन्न थाल्दा पनि यसलाई रोक्न नसकेको भन्दै पूवराजा ज्ञानेन्द्र शाहले सरकारको आलोचना गरेका छन् । पूर्वराजा शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको दायित्व हुने भन्दै पहिले नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीयरुपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’ पूर्वराजा शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको दायित्व हुन्छ भन्दै पहिले नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीयरुपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो भनेका छन् । उनले भनेका छन, ‘पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’
रोनाभाइरसको महामारी र त्रासको समयमा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । नेपालका नेताहरु आन्तरिक कलहमा रुमल्लिरहेको मौका छोपेर भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेका छन् ।
भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेलपाको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।
आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) May 9, 2020