काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले लिपुलेकमा बनेको सडकको बारेमा आफूलाई जानकारी नभएको बताएका छन । भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उ,द्घाटन गरेप्रति आफूलाई जानकारी नभएको बताएका हुन ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै सडकमार्ग खोल्ने विषयमा नेपाल सरकारसँग परामर्श गरेको थियो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले मार्ग खोल्यो भन्ने जानकारी भएको तर यो विषयमा अध्ययन गर्न नपाएको बताए । अध्ययन गरेपछि सबै कुरा थाह हुने उनको भनाई छ ।
उक्त सडकमार्गको भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत ‘मानसरोवर जाने लिंह रोडको उद्घाटन गर्न पाउँदा खुसी लागेको छ ।
बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले धार्चुलादेखि लिपुलेक जोड्ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको’ बताएका थिए ।