२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

भारत: भारतको महाराष्ट्र औरंगावादमा रेलले किच्दा कम्तिमा  १६ जना प्रवासी मजदूरहरुले ज्यान गुमाएको  छ ।  औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा रेलले किच्दा  मजदुरहरुको मृत्यु भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेको बताइएको  छ।

रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन नसकेको बताइएको छ ।

करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल जाने क्रममा  रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।

रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्ने मजदुर रहेको बताइएको छ | लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।

भारतीय प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु