२०८१ पुस २२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस  संक्रमित भेटिएसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना  पुरुषमा कोरोना संक्रमण देखिएको हो । उहाहरुको  अवस्था सामान्य रहेको स्वास्थ्य कर्मीले जनाएको   छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर अहिले पनि १३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा छन् ।

फेसबुक प्रतिक्रियाहरु