२०८२ बैशाख १४, आइतवार
  • रिपब्लिक दैनिक २५ बैशाख २०७७, बिहीबार

राम प्रघट कोरी
बैशाख २५ –विजयनगर

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० जना नगर प्रहरी नियुक्ति गरी बिहिवार खटाएको छ । भारतसँग सिमा जोडिएको विजयनगरको टोल टोलमा गएर जनचेतना फैलाउन, सामाजिक दुरी कायम गर्न नगर प्रहरीले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टाइन सुरक्षामा १२ जना, खुला सिमामा पैदल निगरानी २१ जना, ठेक्का दिइएको नदीखोलाहरुमा ८ जना र गाउँटोलमा ९ जना गरी ५० जना नगर प्रहरीलाई आगमन रोकथाममा समेत प्रयोग गरिएको छ ।

गाउँपालिकामा प्रहरी र शसस्त्र प्रहरी पनि सक्रियाताकासाथ परिचालन भएका छन् । अब नगर प्रहरी परिचालन भएपछि गाउँको बस्ती–बस्तीमा पुग्न सहज हुने गाँउपालिकाले अपेक्षा गरेको छ । गाउँपालिका भारतको खुल्ला सिमासँग जोडिएकाले आवतजावत पनि निरुत्साहित बताइएको छ ।

नगर प्रहरीमा भर्ना गरिएका व्यक्ति स्थानीय भएको हँुदा समुदायको तल्लो तहसम्म पुगेर काम गर्ने तयारीकोसाथ परिचालन गरिएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

उहाँले नगर प्रहरी तत्काल एक महिनाको लागि काम गर्ने बताउनु भयो । लकडाउन लम्बियो भने कामको मुल्याकन हेरी थप गर्न सकिने छ । कोरोना संक्रमणको जोखिम कम भएपछि अन्य काममा पनि विस्तार गर्न सकिने अध्यक्ष थापाले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु