लक्ष्मण गौतम
भारतिय अभिनेत्री अर्थात पुर्व पोर्न स्टार सनी लियोनलाई साडी लगाएर रामायणकी सिताको भुमीका दिने हो भने हिन्दूहरुले रामायण नै हेर्दैनन अर्थात सिताको भुमिकामा सनी लियोनलाई स्विकारदैनन र गैरहिन्दूहरुले सिता प्रती नै प्रश्न उठाउछन किनकी मानिसको आँखामा उनको छवीनै फरक छ ।”
त्यस्तै नेकपाको सरकारले काम गरेन ,भ्रष्ट्राचार मात्र गर्यो भन्दैमा जनताले कांग्रेसको यही नेत्रित्वलाई मत हाल्दैनन तर बिकल्प खोज्छन किनकी जनताले कांग्रेसका यि नेता भोगी सकेका छन ।’ कांग्रेसका यि नेताहरु प्रधानमन्त्री / मन्त्री भएको देखी सकेका छन , भोगी सकेका छन तसर्थ अब कांग्रेस जनताको मनमा र चुनावमा मतमा बस्नका लागि नेत्रित्व हस्तान्तरण बाहेक अर्को बिकल्प छैन ।”
कांग्रेसको राजनितीमा अब नयाँ र जनताले विश्वाश गर्न सक्ने योग्य मान्छे आउनु पर्छ होईन भने जनताले अब बिकल्प खोज्छन र बिकल्प नै नभएको अवस्थामा सडक मार्फत राजनितीक परिवर्तन खोज्छन । जनताको राजनिती प्रतिको बितृष्णा नै आन्दोलनको कारण बन्छ ।”
मैले माथि अब जनताले यही अवस्थामा कांग्रेसको पनि बिकल्प खोज्छन भनि रहदा अब कांग्रेसले अभिलम्बन गर्नु पर्ने बाटो के त भन्ने प्रश्न पनि सँग सँगै उठछ ।’ गुटै गुटमा बिभाजित नेपाली राजनितीमा नेपाली कांग्रेस पनि गुट रहित हुने कुरै भएन । कुनै पनि पार्टीमा गुट हुनु राम्रो हो तर गुट बिचारका आधारमा सैद्दान्तिक बहसका लागि हुनु पर्थ्यो तर यहाँ गुटको राजनिती पदका लागि छ ।”
गुटको राजनिती पदिय बाडफाडका लागि गरिन्छ ।’ अहिले नेपाली कांग्रेसमा जिल्ला ,नगर , वडामा पद पाउन र चुनावमा टिकट पाउनका लागि कुनै एउटा गुट समात्नै पर्छ , २-३ जना शिर्ष नेताको पछाडी लाग्नै पर्छ । पार्टी भित्र बिचार, चरित्र र सामाजिक प्रतिष्ठाको कुनै मुल्य नै छैन ! चाकडी ,चाप्लुसी र पैसा फालेको आधारमा पद र टिकट पाईन्छ तसर्थ यस्ता ब्यक्त्तीलाई ईमान्दार कार्यकर्ताले स्विकार गर्दैनन र परिणाम स्वरुप कांग्रेसका कुनै पनि कार्यक्रमहरुमा कार्यकर्ताहरुको उपस्थिती नै अत्यन्त न्युन हुन्छ भने चुनाव पनि हारिन्छ ।”
नेपाली कांग्रेसलाई अब पुन नेपाली राजनितीको पहिलो स्थानमा स्थापित गराउन वा अबको चुनावमा पहिलो पार्टी बनाउन नेपाली कांग्रेस भित्र चाकडी ,चाप्लुसी गुट र पैसाको आधारमा होईन बिचार ,सामाजिक प्रतिष्ठा र सामाजिक पहुचका आधारमा ईमान्दार र योग्य मान्छेले पद पाउने संस्कारको बिकास हुनै पर्छ ।’ गुट खेलाएर पदमा बस्ने परिपाटीबाट अबको २१औ सताब्दीको राजनिती चल्न सक्दैन ।”
आजका जनता ,आजका कार्यकर्ता सचेत छन । यो ईन्टरनेट र प्रबिधीको युगमा मानिस विश्वको राजनिती हेर्न र बुझ्न सक्छ तसर्थ आज मान्छे कुटेर , नेताको झोला बोकेर होईन बिचार ,नैतीकता र ईमान्दारीताको राजनिती बिक्छ/ चल्छ ।’ आजका सचेत नागरिकले अबको राजनितीज्ञमा बिचार ,सोच ,भिजन ,सामाजिक प्रतिष्ठा र नैतीकता खोज्छन ।”
अब नेपाली कांग्रेस सँग मात्र दुई बिकल्प छन ।’
१- सुध्रने
२- सकिने ।’
जय नेपाल
लक्ष्मम गौतम
तरुण दल जिल्ला सदस्य रुपन्देही