२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

मनमाः  अन्य देसको तुलनामा बहराइनमा सबैभन्दा धेरै नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बहराइन दुताबासले दिएको पछिल्लो अपडेट अनुसार संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । पछिल्लो समय थप ८८ जना नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएसंगै  संक्रमितको संख्या २४५ पुगेको हो ।

गत बिहीबार मात्र  बहराइनमा ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दुताबासले जानकारी दिएको  थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।

बिरामीमध्ये धेरै स्थानीय र  भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ भने कोरोना संक्रमणबाट अहिलेसम्म आठ जनाले ज्यान गुमाएको छ ।

दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएको बताएको छ ।

दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ । बहराइनमा हालसम्म करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

https://www.facebook.com/Prameshgg/
Pramesh Tamu

फेसबुक प्रतिक्रियाहरु