काठमाडौ, २२ वैशाख । प्रस्ट बक्ता तथा हक्की,खरो स्वभावको रुपमा चिनिने नेकपा नेता तथा इटहरीका मेयर द्धारिकलाल चौधरी फेरि एकपल्ट चर्चामा आउनु भएको छ । अहिले उहाको हतकडि प्रधानमन्त्रीलाई लगाउनु पर्छ भन्ने भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।
उहाले यदि जनता खाना नपाएर भोक भोकै मरे भने प्रधानमन्त्री तथा आपूर्ती मन्त्रीलाई हत्कडी लगानु पर्ने बताउनु भएको हो | उहाले संविधानले त्यो वेवस्था गरेको भन्दै प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हतकडी लगाउनु पर्ने बताउनु भएको हो ।
खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता हैन यो संघिय गणतान्त्रिको जनता हो । लकडाउन गरे पनि जनतालाई खान दिनु पर्ने उनको भनाई थियो । खान नपाएर सर्वसाधरणहरुलाई समस्या हुन नदिन अहिले लाग्नु पर्ने उनको आसय छ ।
संघिय सरकारबाट आएको खर्चबाट गर भनेर स्थानीय सरकारलाई भने विकासको बजेट मात्र भएको गुनासो गरे । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गुनासो थियो । अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परिक्षणको गर्न समस्या भएको बताए ।
सुनसरीमा चामल,दालको समस्या नभएको बताए । विपतको बेला सबैले सहयोग गर्नु पर्ने बताए । आवश्यक खाद्यन्न आफु जवानी बसेर लिएको उनको भनाई थियो । केहि समय अगाडी उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले नमर्ने बताएका थिए ।
भिडियो हेर्नुहोस
द्वारिकालाल चौधरी
Posted by Republik Dainik on Monday, May 4, 2020