२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

मनमा: बहराइनमा थप  ३१ जना नेपालीमा कोरोना भाइरसको संक्रमण  पुष्टि भएसँगै हालसम्म  संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासले जारि गरेको कोरोना भाइरस सम्बन्धि अपडेट  अनुसार मंगलबार   एकैपटक ७७ जना नेपालीमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको थियो  ।

बहराइनमा अहिलेसम्म एक हजार ५ सय ३४  जनामा संक्रमण देखिएको छ । संक्रमित मध्य ८  जनाको मृत्यु भएको छ  भने  तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका तथ्यंक छ ।

बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । इरानबाट आएका तीन जना महिलाबाट कोरोना भाइरस सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानले सबै अन्तर्राष्ट्रिय उडान बन्द गराउनुभन्दा अगाडि नै ती महिलाहरु हवाईजहाजमार्फत् बहराइन आएका थिए ।

 

यो पनि पद्नुहोस 

बहराइनमा एकैदिन ७७ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण ।

बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २२ पुग्यो, सचेत हुन नेपाली दुतावासको आग्रह !

बहराइनमा ३ जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी !

बहराइनमा ३ जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी !

 

 

फेसबुक प्रतिक्रियाहरु