लक्ष्मण गौतम
एक महिनाको लकडाउनबाट नेपाललाई २ खर्वको क्षती भएको छ । रेमिटान्स , भन्सार , पर्यटन नेपालको मुख्य आम्दानी हो भने अहिले यि सबै ठप्प छन । अब केही समय पछि लक डाउन खुले पनि पर्यटन क्षेत्र उकासिन कम्तीमा अर्को १- १.५ बर्ष लाग्छ तेस्तै सिमा , लक डाउन र बिमानस्थल खुल्ने बित्तिकै कम्तीमा पनि १५-२० लाख युवा नेपाल फर्कीन्छन र यसले रेमिटान्स प्रभावित हुने नै भयो । अब लक डाउन खुल्ने बित्तिकै सबै उधोग धन्दा / ब्यवसाय पैसाको सटेजका कारण तुरुन्तै सुचारु हुने अवस्थामा छैनन र हुँदैनन र दुर्भाग्यको कुरा के छ भने सरकार सँग नेपाल फर्केका युवाको ब्यवस्थापन र बजारमा हुने पैसाको कमीलाई ईन्जेक्ट गर्न कुनै योजना नै छैन । सरकार कोरोना र लक डाउन पछि उत्पन्न हुने परिस्थितीबाट देशलाई अगाडी बढाउने भन्दा पनि कुर्ची जोगाउने खेलमा ब्यस्त भएको देखिन्छ ।
सरकार यसै गरी चल्ने हो भने अब भोलीका दिन नेपालको पर्यटन क्षेत्रमा गरिएको सबै लगानी डुब्छ र ब्यवसायी सडकमा आउछन ! नेपालका ३०% उधोग बन्द हुन्छन तर सरकारको यता तिर कुनै चासो देखिदैन । नेपालको कृषी योग्य जमिनको २६% जमिन बाझो छ । कृषीमन्त्री कृषीको कुरा त गर्छन तर किसानलाई चाहिने मल , बिउ , बजारको सहजिकरणका लागि खासै कुनै योजना ल्याएको देखिदैन । धानको बिउ राख्ने बेला आई सक्यो तर बिउ र मल खोई ? ७५% जमिनका लागि मल र बिउ पुराउन नसक्ने हामी सँग अब १००% जमिनका लागि के योजना छ । भारत आँफै बन्द छ के यसपाली भारतले नेपालका लागि पहिलेको साल जती मल र बिउ उपलब्ध गराउला त ?
आर्थिक , कृषि , नेपाल फर्कने लाखौं नेपालीको कोरोना परिक्षण र ब्यवस्थापन र लकडाउन पछि खुल्ने बजारमा हुने पैसाको अभावलाई पुर्ती गर्न सरकार सँग सुन्य योजना छ । अब यस्तो अवस्थामा भोली नेपाल सँग कर्मचारीलाई तलव खुवाउन समेत समस्या उत्पन्न होला । के नेपालमा प्रदेश सरकार , सयौ सांसद र बिसौ मन्त्रीको आवस्यकता छ त ? तेस्तै पुर्वमन्त्री , प्रधानमन्त्री , राष्ट्रपती , उच्च पदस्त कर्मचारीलाई पुरै जीवन सरकारले सुबिधा र सुरक्षा दिएर पाल्नै पर्ने हो त ? के यिनीहरुलाई राज्यले दिने सबै सुबिधा कटौती गर्न मिल्दैन ? अमेरिकाका राष्ट्रपती , बेलायतका प्रधानमन्त्रीहरु आफ्नो कार्यकाल पछि बाँच्नका लागि काम गर्छन तर हामी कहाँ राज्यले सुताई सुताई खुवाउनु पर्ने हो ?
म नेपालमा प्रदेश सरकारको भबिष्य देख्दिन र सरकार यसै गरी चल्ने हो भने गणतन्त्र समेत धरापमा पर्छ । नेपालको ईतिहासमा मैले पढेको र देखेको सरकारहरुमा सबै भन्दा असफल र बिवादित सरकार यही हो भने भने शायद म गलत हुन्न होला ।
( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन )