२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

मानमा — बहराइनमा एकैदिन ७७ जना नेपाली कामदारमा कोरोना भाइरसको  संक्रमण देखिएको छ। बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार संक्रमित चारवटा कम्पनीमा कार्यरत थिए ।

‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।’

उनले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताए । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।

यो पनि पड्नुहोस

बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २२ पुग्यो, सचेत हुन नेपाली दुतावासको आग्रह !

सुन्दासका अनुसार जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

फेसबुक प्रतिक्रियाहरु