२०८२ जेष्ठ १०, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ ।

यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । दुई अध्यक्षबीच फेरि भोलि पनि बैठक तय गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु