२०८२ जेष्ठ १०, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं : शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि कडा कारबाही गर्ने कदम चालिरहेको छ ।

त्यसैको उदाहरण हुन्–साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय ।

उनले सरकारले गरेका गलत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए ।

प्रहरीले साइबर ब्युरोले उनलाई गत बुधबार साँझ ललितपुर कुसुन्तीबाट पक्राउ गरेको थियो ।

साइबर ब्युरोको तथ्याकंअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आधारमा २० जनाभन्दा बढी कारबाहीमा परेका छन् । साउनयता साइबर अपराध गरेको आरोपमा ९३ जना पक्राउ परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु