काठमाडौं: कोरोना भाइरस नियत्रण गर्न सरकारले लकडाउनलाई थप २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाइ २५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।
सनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले लकडाउन गरेको कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको र यसलाइ थप नियंत्रण गर्न अझै लम्ब्याउनु पर्ने निस्कर्ष सहित एक साता समय थप गर्न सिफारिस गरेको थियो ।





