२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं:  कोरोना भाइरस रोकथामको शेष घले दम्पतीले   नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा  ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

घले दम्पतीले यात्रामा भइरहेको अवरोधका कारण  स्वयं उपस्थित हुन नसकेको  प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गर्नुभएको हो ।  फाउण्डेसनका अध्यक्ष शेष घलेले उक्त रकमले सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्ने आशा गरेको छ ।

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो ।

अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरे । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए ।

फेसबुक प्रतिक्रियाहरु