२०८१ पुस २६, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

लक्ष्मण गौतम 

हिजो एकै दिनमा भारतमा १८३६ जना नयाँ संक्रमित थपिएका छन भने ४५ जनाको मृत्‍यु भएको छ तर आज सम्म पनि सिमाबाट सयौ नेपाल पसेका छन ।’ सेना , प्रहरीलाई नेपाल भारत सिमामा राख्न नसक्नुको कारण के हो ? हामी तपाईंले भने झै खोलो दिन्छौ ,अध्यादेश ल्याउछौ र मधेशबादी पार्टी एकीकरण भए पछि अध्यादेश फिर्ता लिन्छौ तर हामी सिमामा सेना , प्रहरी युद्द गर्न होईन मान्छे छेक्न राख्छौ भन्न नसक्नुको कारण के हो ?

भारत नेपालमा अर्को शक्ती खडा गर्न चाहन्छ तेसैले भारतले बाबुराम भट्टराईको नेतृत्वमा मधेशका सबै पार्टी र सबै जातिय पार्टीहरुको एकीकरण गराउन चाहन्थ्यो तर सकि रहेको थिएन ।’ भारतले आफ्नो तेही योजनालाई पूर्णता दिन यो अध्यादेश ल्याउने र फिर्ता गराउने काम गरेको हो ।’ औषधी ल्याएको जहाजमा रअका एजेन्टहरु आएर गोप्य रुपमा राजनितीक भेटघाट गरेको कुरा हावामा आएको होईन वास्तविकता हो ।”

भोलीको दिनमा रविन्द्र मिश्रको बिवेकशिल पनि बाबुरामको पार्टीमा गएर मिसियो भने हामीले अनौठो मान्नु हुँदैन किनकी त्यो पनि भारत कै योजना अनुसार हुने छ ।’ आजका दिनमा बाबुराम भट्टराई देशको प्रधानमन्त्री बन्ने अवस्था छैन तेसैले माधव नेपाल भारतको रोजाईमा परेका हुन ।”

कम्नियुष्ट शासन भएको चिन र रसिया शक्तीसाली राष्ट्रको रुपमा उदाउदै गरेको आजको अवस्थामा अमेरिका ,युरोप र भारत नेपालबाट कम्निष्ट साफ पार्न चाहन्छन र त्यही योजना अन्तरगत नै एमाले माओबादीको एकीकरण भएको हो होईन भने स्थानिय चुनावमा एमाले एक्लै लडदा पनि लगभग सबै जितेकै थियो भने माओबादी सँग नमिलेको खण्डमा पनि एमालेले चुनाव जित्थ्यो ।’ एमाले माओबादी मिलाउनु, लडाउनु र पार्टी नै सिध्याउनु उनीहरुको योजना थियो र सफल हुँदै छन ।”

अब आउने चुनावमा नेपाली कांग्रेसको प्रतिस्पर्धा नेकपा सँग होईन बाबुराम भट्टराईको नेत्रित्वमा रहेको पार्टी सँग हुने पक्का छ ।’ अब छिट्टै बिबेकशिल लगायत तराईका सबै पार्टी र सबै जातिय पार्टी बाबुरामको पार्टीमा बिसर्जन हुने छन ।”

( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन र यो उनको निजी बिचार हो )

फेसबुक प्रतिक्रियाहरु