२०८१ माघ १०, बिहिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ।

समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य टोली पठाएको जनाइएको छ।

यो साता उत्तर कोरियाली नेता किमको स्वास्थ्य हालै गरिएको मुटुको शल्यक्रियापछि अवस्था जटिल बनेको अपुष्ट खबरहरू सार्वजनिक भएका थिए।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्यमा समस्या भएको अनुमान गरिदैं आइएको थियो।

यसैगरी रोयटर्सले चीनले चिकित्सकिय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नमा निश्चिन्त हुन नसकेको जनाएको छ।

परिचय लुकाइएका आफ्ना दुई श्रोतले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहिवार त्यता गएको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु