२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ ।

उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईले जानकारी दिनुभयो ।

उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल उदयपुरतर्फबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ ।

घरमै सामाजिक सुरक्षाभत्ता सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । गत चैत ११ गतेदेखि मुलुकमा जारी लकडाउनलाई प्रभाबकारी बनाउन घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गाउँपालिकाले निर्णय गरेको हो । लकडाउनका कारण बैंकमा जान सेवाग्राहीलाई समस्या भइरहेकाले कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बाँड्ने निर्णय भएको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो ।

विगत एक महिनादेखि जारी लकडाउनको मारमा परेका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न सङ्घीय सरकारले गरेको परिपत्रअनुसार सो गाउँपालिकाको एक हजार ९४० घरपरिवारलाई पहिलो चरण राहत वितरण सम्पन्न गरेको अध्यक्ष साहले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।