२०८२ फाल्गुन २७, बुधबार
  • Pramesh Tamu ६ वर्ष अगाडि

काठमाडौं : नेकपाका नेता भीम रावलले संसद अपहरण गर्ने अपराधीलाई तत्काल थुन्न आग्रह गरेको छ  ।

पार्टीमा खरो टिप्पणी गर्दै आएका नेता रावल अध्यादेश  प्रकरणलाई लिएर  कडा टिप्पणी गर्दै आएका नेता रावलले सिद्धान्त, आदर्श, मुल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहोरी आहाल बनाइ बदनाम गर्नेलाइ तत्काल थुन्न आग्रह गरेको हो |

समाजवादी पार्टीका सांसदलाई  प्रधानमन्त्री निकट महेश बस्नेत र पूर्ण डीआइजीले  ‘अपहरण’ गरी काठमाडौं ल्याएको समाचार यत्र तत्र  आएपछि नेता रावलले त्यसमा असन्तुष्टि व्यक्त गर्दै आक्रोसित बनेका हुन्  ।


नेता रावलले लेखेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ । यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।’


 

नेता रावलले यसअघि सरकारले ल्याएका दुई अध्यादेशमाथि पनि कडा आपत्ति जनाएका थिए । उनले अध्यादेशले देशमा अनिष्ट ल्याउने भन्दै सरकारको आलोचना गर्दैआएका छन् ।

फेसबुक प्रतिक्रियाहरु