काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ ।
भोजपुरको एक युबामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसंगै नेपालमा कोरोना भाइरद्वारा संक्रमितको संख्या ३८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारीको अनुसार बिहीबारसम्ममा १० जना निको भएर डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।