२०८१ पुस २६, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

शान्तिराज राई

मलाई जोसुकैको होस ! आमा शब्दलाई अपमान गरेर गाली गरेको र बोलेको मन पर्दैन । आमा साच्चिकै महान हुनुहुन्छ, आमाको गुणगान कसैले गाएर सक्दैन । कतिपयले आमा शब्दलाई नराम्रो शब्द सङ्ग जोडेर गाली दिन्छन । त्यो सह्य र क्षम्य छैन ।”

लेखक – शान्तिराज राई 

हिटलर जन्माउने नि आमा नै हो गौतम बुद्ध जन्माउने नि आमा नै हो । यो पृथ्वीमा जति जेसुकै जन्मेनी आमा बाट नै हो । संसारमा सबैभन्दा सुरक्षित ठाउँ छ भने त्यो आमाको काख नै हो । र सबैभन्दा बढी दुख हामीले दिइएको छ भने त्यो आमालाई नै हो ।”

सबैभन्दा बढी कुटिएको कुल्चिएको यो धर्तिमा खोज्ने हो भने आमानै हुनुहुन्छ । मान्छे स्वाभाव त जन्मछ र मर्छ । मर्नु भन्दा अगाडि के के गर्छ भन्ने कुरा प्रधान हो । छोराछोरी बिग्रनु समाजमा नराम्रो काम गर्नु आमाको कुनै दोष छैन । किनकि हरेक आमाको सपना हुन्छ मेरो छोराछोरी असल बनोस् ।”

संसारको अगाडी सबैको प्यारो होस भन्ने चाहना नै हुन्छ । मानवको स्वभाव र बानि राम्रो नराम्रो बन्नु भनेको आमाको हातमा हैन समाजको हातमा हुन्छ । मानिस स्वाभाबैले जन्मिन्छ बिस्तारै हुर्कदै जान्छ । हुर्किने क्रममा साथी सर्कल हरु सङ्ग खेल्न थाल्छ । उस्ले खेल्ने क्रममा समाजमा जे देख्छ त्यही प्राक्टिस गर्न थाल्छ । जस्तै सानोमा कोहि कोहिले कुरा गरेको सुन्थे यो हामीले लाको घडी हरुत चिनमा केटाकेटी खेल्दै गर्दा बनाउछन रे । अरेको कुरा हो त्यो अनुसन्धानले पुष्टि गर्ला । तर चिन जस्तो औद्योगिक क्षेत्र भएको ठाउँमा त्यो असम्भव भने देखिन्न ।”

हाम्रो समाजमा पनि त्यस्तै घटनाहरु छन । म सानोमा मन्त्रीको सवारी देखेर घोडा बुवालाई घोडा बनाउथे । बारिमा कृषिको काम भाको देखेर आपको कोयाको हलो, झिङ्गा पक्रेर गोरु बनाएर जोथ्यौ । रेडियो नेपालमा बालकार्यक्रम पर्खेर सुन्थ्यौ । तर अहिलेका केटाकेटीहरु अलिअलि चेतना आउदैमा मोटर, हवाइजहाज र कम्प्युटरमा भर्चुअल गेममा मस्त छन ।”

मैले एसलसी गर्दा समेत कम्प्युटरको अनुहार देखिन अहिलेका केटाकेटी हरु कम्प्युटरमा ईन्टरनेट चलाउने देखि लगेर सासना सफ्टवेयर निर्माण गर्ने भै सकेका छन । अबको बाकी जेनेरेसनहरु कस्तो उत्पादन हुन्छन् त्यो त समयले नै बताउला ।

त्यसैले मानिस बिग्रनु समाजको हातमा हुन्छ आमाको हातमा हैन । समाज भनेको तपाईं हामि जस्तै मान्छे मिलेर बन्ने हो । त्यसैले आजैबाट हामीले आमा जस्तो पवित्र शब्द मिसाएर कसैलाई गाली नगरौ । आमाको सम्मान गरौ !!!

फेसबुक प्रतिक्रियाहरु