काठमान्डौ: लक डाउनको उलंघन गर्दै राहतको नामा भिड बटुलेर हिड्ने क्रममा ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुरको सुनाकोठीबाटबाट उनलाई लक डाउनको उलंघन गरेको भन्दै पक्राउ गरेको हो ।
लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले बताएको छ । प्रहरी नियन्त्रणमा रहेका साहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





