२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं, ८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस (कोभिड १९)को प्रत्यक्ष र परोक्ष प्रभावमा परेका नेपाली नागरिकको जीवन रक्षामा समय खर्च गर्न सरकार, प्रतिपक्षलगायतका राजनीतिक दललाई सुझाव दिएका छन् ।

‘यो संकटको समयमा पक्ष र विपक्षको राजनीति होइन, नागरिकको जीवन रक्षा गर्नका निम्ति सबै पक्ष एक जुट हुने बेला हो’, पूर्वराजाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुझाव दिँदै लेखेका छन्,‘कसैलाई निषेध गरेर अघि बढ्न खोज्नु अन्यथा हुन सक्ने कुरा समय र परिवेशले दर्शाइसकेको छ ।’

कोरोना भाइरसको प्रभावका कारण लक डाउनमा पनि नागरिक राजधानी छाडेर सकसपूर्ण अवस्थामा हिँडिरेको तथ्यतिर संकेत गर्दै उनले सरकारमा रहेका र सरकार बाहिरका राजनीतिक दलको विवाद रोक्न सुझाव दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु