कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेका बेला फेरि एउटा खतरा देखिएको छ। फ्रान्सको राजधानी पेरिस शहरमा पानीमा पनि कोभिड–१९ को विषाणु पाइएको छ। शहरका एक अधिकारीले उक्त कुराको पुष्टि गरेका हुन् ।
अधिकारी सेलिया ब्लाउलका अनुसार, पेरिसमा पिउन नमिल्ने पानीमा नयाँ कोरोना भाइरसको माइनसक्यूल सूक्ष्म तत्व पाइएको हो। उक्त पानी सडकको सफाई जस्ता कामहरुमा प्रयोग गर्ने गरिन्छ। उनका अनुसार तत्काल पिउने पानी दूषित हुने कुनै खतरा भने छैन।
पेरिसको जल प्राधिकरणको प्रयोगशालाले राजधानीको सबैतिरबाट एकत्रित गरेको २७ वटा नमुनामध्ये चारवटामा भाइरसको सूक्ष्म मात्रा पाइएको थियो। तिनीहरुको उच्चस्तरीय परीक्षण भइरहेको छ। एजेन्सीको सहयोगमा