२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउन सुरु भएको दिन छोरीले बाहिर जान जिद्दी गर्दा एक बाबुले रिसले आफ्नै छोरीको हत्या गरेको घटना सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनारले आफ्नै ७ वर्षीय छोरीको घाँटी थिची हत्या गरेका हुन् । सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

छोरी अंशुले बाहिर जान जिद्दी गरिरहेकी थिइन् । सोही क्रममा सञ्जयले बाहिर नजानभन्दा उनले नमानेपछि पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेका थिए ।
‘छोरीको घाँटी थिचेर हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वारदात बनाएको खुल्न आएको छ,’ उनले भने, ‘घटनाका बारेमा थप अनुसन्धान गरिरहेका छौँ।’

२०७६ चैत ११ गते दिउँसो सवा २ बजे अंशुले घरको माथिल्लो कोठामा आत्महत्या गरेकी थिइन् ।

२०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर, उनको मृत्यु भएको थियो।

जिवनशैली

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।