२०८१ पुस २६, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

लक्ष्मण गौतम 

नेपालमा सडक दुर्घटना र अस्पतालको लापरवाहीका कारण महिनौ १०० औ मान्छे मर्छन तर भनिन्छ अहिले मान्छे जलाउने घाट सुनसान छन । विश्वको तथ्याङक हेर्ने हो भने यो भाईरसका कारण मर्नेहरु बृद्दबृद्दा र रोगी छन । युरोप अमेरिकामा मान्छेको सरदर आयु ८५-९० बर्ष छ भने नेपालमा ६०-६५ तसर्थ युरोप अमेरिकामा झै यसको जोखिम नेपालमा पनि उत्तिकै छ वा छैन भन्ने चाही अनुसन्धानकै बिषय होला ।

कोरोना भाईरसको लक्षण एउटै भयता पनि यसको रुप ( genetic confirmation) फरक फरक भएको हुँदा यसको भ्याक्सिन निकाल्न सम्भव छैन । यो १-५ बर्ष भित्र आँफै बिस्तारै हराउदै जान्छ । विश्व अब लक डाउनको बिकल्प खोज्छ । अब लकडाउन मात्र गरेर बस्न मिल्दैन , यसको बिकल्प खोजिनु पर्छ नत्र विश्व आर्थिक रुपमा धवस्त हुन्छ । कोरोना भाईरसका कारण मर्नेको संख्या २-१०% छ र यो % भित्र तेसै पनि रोगी , बुढाहरु पर्छन र अब विश्व जोगाउन Charles Darwin को सिद्दान्त struggle for existence लागु गर्नु पर्छ अर्थात जो सक्षम छ उही बाच्छ ।

चिनबाट सुरु भएर युरोप, अमेरिका ,खाडी , भारत हुँदै नेपाल आई पुगेको कोरोना भाईरसबाट संक्रमित हुने तरिका , लक्षण , लागे पछिको जोखिम र WHO ले भने झै बिभन्न माध्यममा रहने अवधी वा लक्षण देखिने समय उस्तै छ कि छैन त्यो पनि अनुसन्धान कै बिषय होला कि ? होईन भने कोरोना अरु देशमा झै नेपालमा किन फैलिएको छैन र सबै संक्रमितको अवस्था किन सामान्य छ ।

– ३३ करोड जन संख्या भएको देश अमेरिकामा लगभग ८ लाख संक्रमित भएका छन भने ३८ हजारको मृत्‍यु भैंसक्यो ।
– ६.६ करोड जनसंख्या भएको बेलायतमा १ लाख १५ हजार संक्रमित भएका छन भने १५ .५ हजार मानिस मरि सके ।
– ६.३ करोड जनसंख्या भएको ईटलीमा १ लाख ७५ हजार संक्रमित भएका छन भने २३ हजार मरि सकेका छन ।
– ६.७ करोड जनसंख्या भएको देश फ्रान्समा १ लाख ५१ हजार संक्रमित भएका छन भने १९ हजारको मृत्‍यु भएको छ ।
– ४.७ करोड जनसंख्या भएको स्पेनमा १ लाख ९४ हजार संक्रमित भएका छन भने २१ हजारको मृत्‍यु भएको छ ।
तर ,
– १३० करोड जनसंख्या भएको देश भारतमा १२ हजार संक्रमित भएका छन भने जम्मा ५०० को मृत्‍यु भएको छ
– २.५ करोड ( ५० लाख माथि बाहिर छन ) जनसंख्या भएको देश नेपालमा ३१ जना संक्रमित भएका छन ( सबै बाहिरबाट आएका र आधा बाहिर कै मुसलवान ) भने मृत्‍यु हुनेको संख्या सुन्य छ ।
– तेस्तै पुरै south east Asia मा कोरोनाको प्रभाव सामान्य छ ।

हामी भन्दा धेरै सुबिधा सम्पन्न स्वास्थ्य सेवा भएका देशहरुमा कोरोना माहामारीका रुपमा फैलीरहदा हामी कहाँ सामान्य छ यसबाट के पुष्टि हुन्छ भने यो भाईरस बिभीन्न कारणले हामी कहाँ कमजोर छ तेसैले अब केही दिनको अवस्था हेरेर बिमानस्थल र बोडर सिल गर्दै नेपाल आँसिक रुपमा खोल्दा हुन्छ । अरु देश माहामारीले थला पर्दा नेपाल अगाडी बढ्नै पर्छ ।

यो आर्थिक बर्ष नेपालको आर्थिक बृद्दी दर २% भित्र खुम्चने सम्भावना रहेको छ । रेमिटान्स बन्द धेरै ब्यवसाय ( होटल रेन्टुरेन्ट लगायत ) बन्द ,धेरै बेरोजगार ,धेरैले ब्याज तिर्न नसक्नु र सरकार सँग जनता /ब्यावसायी संरक्षण गर्ने आर्थिक हैसियत नहुनुले नेपालमा अपराध ,बेस्याबृती, चोरी ,लुटपाट बढेर जाने सम्भावना देखिन्छ तसर्थ सरकारले सहि समयमा उचित निर्णय लिन आवश्यक छ ।

बैसाख १५ सम्म पनि यस्तै अवस्था रही रह्यो भने अझै केही समयका लागी अन्तराष्ट्रिय बिमानस्थल र नेपाल भारत सिमा कडाईका साथ बन्द गरेर वा सिमामा कडाई गर्न सकिदैन भने सिमा सँग जोडीएका जिल्ला र संक्रमित भेटिएका जिल्ला सिल गरेर अन्यत्र होटल /रेन्टुरेण्ड /वाटर पार्क वा मानिसको बढी जमघट हुने ठाउँ बन्द गरेर आँसिक लकडाउन खोल्ने कि ? यसले गर्दा बजारमा पैसाको फ्लो रहन्छ र अर्थब्यवस्था चलाएमान हुन्छ ।

गौतम नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य समेत हुन ।

फेसबुक प्रतिक्रियाहरु