२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । समस्यामा परेका मजदुरका विषयमा निर्णय गर्न आज उच्चस्तरीय समितिको बैठक बस्दैछ । दिउँसो दुई बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा समस्यामा परेका व्यक्तिका विषयमा निर्णय गर्ने तयारी छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले समस्यामा परेका व्यक्तिका विषयमा आज घरसम्म पुर्याइदिने विषयमा निर्णय गर्ने स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा समस्यामा परेका मजदुर, विद्यार्थी र कम आय भएका व्यक्तिहरु पैदलै हिँडेर घर फर्किएको भन्दै सरकारलाई उनीहरुका विषयमा निर्णय गर्न चौतर्फी दबाब परेको थियो ।

यसअघि सरकारले विभिन्न क्षेत्रका व्यक्तिलाई मुख्य मुख्य राजमार्गबाट घर फर्काउने तयारी गरे पनि स्थानीय सरकारसँगको समन्वयको अभावमा निर्णय नगरेर पछि हटेको थियो । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा अलपत्र परेका व्यक्ति चार पाँच सय किलोमिटर हिँडेरै घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रियाहरु