लक्ष्मण गौतम
१- दैनिक २ हजारका दरले मानिस मरि रहदा पनि अमेरिकी राष्ट्रपतीले अब अमेरिका पूर्ण रुपमा खोल्ने भनेका छन । अमेरिका खोल्दा २ करोड मर्लान ( कोरोनाले ) तर बन्द हुँदा २० करोड मर्छन ( भोकमरीले ) ।
२- तेस्तै बेलायतमा बिज्ञहरुले कोरोना भाईरसका कारण बेलायतको आर्थिक बन्दी ३०० बर्ष पहिलेको जस्तो अवस्थामा आउने चेतावनी दिएका छन ।
३- विश्वमा धनि भनिएका युरोपका अन्य देशहरु , अष्ट्रेलिया , क्यानडा लगाएतको अवस्था पनि तेस्तै हो र कोरोना लम्बिदै जादा त्यहाँ बस्ने सबै नेपाली नेपाल फर्कनुको बिकल्प नहोला ।
४- अब लाखौं नेपाली फर्कने , रेमिटान्स रोकिने ,पर्यटकहरु आउन बन्द हुँदा देशमा बिदेशी पैसा आउन रोकिने, देश भित्रका होटल रेन्टुरेन्टहरु लामो समय बन्द हुँदा ( अर्को १२ महिना ) तेस्ले पार्ने असरलाई मध्यनगर गर्दै र अब केही समयमा ( छिट्टै ) खुल्ने उधोगहरुलाई सहयोग गर्ने निती ल्याउदै नेपाल सरकारले कृषिमा जोड दिएन भने नेपाल पनि धरासायी हुन्छ ।
५- अबको केही महिनामा नेपालका प्रत्येक गाउ गाउमा लाखौं युवाहरु बिदेशबाट फर्केका हुन्छन अब नेपाल सरकारले ति युवाहरुको जोस , बल र सिपलाई नेपाल मै प्रयोग गर्ने निती ल्याउनु पर्छ , कोरोनाले नेपाललाई संकट मात्र होईन ठुलो अवसर पनि दिएको छ ।
६- शासन सत्तामा बसेकाहरु बाट देश निमार्णका लागि चाहिने समयाअनुकुल निती र भिजन देखिदैन , कोही बर्षौ जेल बसेकै भरमा बुद्दी पलाउने पनि होईन तसर्थ कोरोनाले दिएको चुनौतीलाई अवसरमा बदल्न बिज्ञहरुको राय सल्लाह र सुझाव लिउ ।
लक्ष्मण गौतम
नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य ।