२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

४ वैशाख, काठमाडाैँ । प्रहरीको अर्को ज्यादती बाहिर अाएको छ । हेल्थपाटी डटकका जगन्नाथ ढकालले प्रहरीको अर्को ज्यादतीको भिडियो बाहिर ल्याएका छन । प्रहरीले बिरामी र उनको अफन्त जो अाैषधिसहित हिडिँरहेका थिए उनीहरू माथि नै निर्घात कुटपिट गरेको छ ।

प्रत्यक्षदर्शी समेत रहेका पत्रकार ढकालले भनेका छन ‘म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलंकीमा जे देखेँ त्यो अति नै निकृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफत गर्छाै भनी धम्की पनि दिए ।’

नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं, हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा कुटपिट भएको छ । भिडियो र तस्बीर साैजन्यः जगन्नाथ ढकाल हेल्थपाटी डटकम

https://www.facebook.com/2063733473951724/posts/2644805649177834/

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।