२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । महानगरिय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साल महानगरीय प्रहरी कार्यालय तानिएका छन् । उनले बुधबार डाक्टरमाथि लाठी चार्ज गरेको पुस्टि भएपछि कारबाहीस्वरुप मेट्रोमा तानिएको हो ।
याे पनि डाक्टरमाथि प्रहरीद्वारा नि’र्घात कु’टपिट, घ’टना छानविन गर्न बन्यो समिति बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

लाठी चार्ज गर्ने क्रममा डीएसपी लम्साल घटनास्थलमा नै भएको अनुसन्धानका क्रममा खुलेपछी उनलाई कारवाही स्वरुप रानीपोखरी प्रहरी कार्यालय तानिएको स्रोतको भनाइ छ ।घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्रचार्या, अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको समिति बनाएको थियो।

यसअघि नेपाल चिकित्सक सङ्घले आवासीय चिकित्सक कुट्ने प्रहरीलाई कारबाही गर्न माग गरेको थियो । न्याम्सका आवसिय चिकित्सकहरूलाई हातपात र लाठीचार्ज गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुटपिट गर्ने प्रहरीको छानबिन गरी कारबाही गर्न सङ्घले माग गरेको हो ।सङ्घले विज्ञप्ति जारि गर्दै परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट हातपात गर्ने,लाठी चार्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक सङ्घ घोर भर्त्सना र निन्दा गर्दै अवलम्ब त्यस्ता प्रहरीहरूको छानबिन गरी काूननी कारबाही गर्न नेपाल चिकित्सक सङ्घ जोडदार माग समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।