२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

४ वैशाख, काठमाडौं । छिमेकी देश भारतमा कोरोनाभाइरस दिनप्रतिदिन फैलदैं गएको छ । नेपालमा त्यसको असर प्रत्यक्ष पर्ने भएकाले सीमा क्षेत्रमा बस्ने जनता निकै आत्तिएका छन् । सीमा क्षेत्रलाई थप कडाइ गर्ने माग भइरहेको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलले पहल लिएर भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई थप सुदृढ गर्न संख्या थप गर्न लगाएको सशस्त्र प्रहरी कार्यालयको मुख्यालयले बताएको छ ।

भीआईपीसहित विभिन्न ठाउँमा पठाएका प्रहरीलाई कटौतीी गरेर सीमासहित समवेदनशील क्षेत्रमा खटाउन गृहमन्त्री वादलको निर्देशन वमोजिम आठ हजारभन्दा बढी सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाइएको छ ।

जसमा प्रदेश १ मा खटाउनका लागि मख्यालयले बराह वाहिनी मुख्यालय सुनसरीमा एक हजार पाँच सय ४९, प्रदेश दुईको छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा तीन हजार दुई सय ६२, प्रदेश पाँचको विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीमा दुई हजार चार सय २०, सुदूरपश्चिम प्रदेशको वैद्यनाथ वाहिनी मुख्यालय कैलालीमा एक हजार एक सय १५ जना खटाइएको छ ।

यस्तै वाग्मती प्रदेश र गण्डकी प्रदेशमा क्रमशः १९ र १८ मात्र खटाइएको छ । यसरी जम्मा आठ हजार आठ सय ८३ जना थप सशस्त्र प्रहरी कोरोनाका विरुद्ध सीमा र समवेदशील क्षेत्रमा खटाइएको सशस्त्रको प्रधान कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु