काठमाडौँ : निजी बायुसेवा कम्पनी ‘द हिमालयन एयरलाइन्लेसले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारलाइ १ करोड रुपैयाॅ सहयोग गरेको छ ।
चिनियाँ र नेपालीको संयुक्त लगानीमा सञ्चालित उक्त एयरलाइन्सले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गरेको हो। एयरलाइन्सले आइतबार विज्ञप्ति जारी गर्दैउक्त रकम सरकारलाई हस्तान्तरण गरेको उल्लेख गरेको छ।
चेक एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमार्फत कोषमा हस्तान्तरण गरेका हुन् ।