२०८१ पुस २५, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

टोकियो:  जापान सरकारले संकटकाल घोषणा  गरेको पहिलो साता  सम्म आइपुग्दा टोकियो केवल सान्त देखिएको छ ।

टोकियो मेट्रोपोलिटन सरकारले कोरोना भाइरसको तिब्र संक्रमण रोक्नको लागि  मनोरन्जन सुविधाहरू, विश्वविद्यालयहरू र क्र्याम स्कूलहरू, खेलकुद र मनोरन्जन सुविधाहरू,  प्रदर्शनी स्थलहरू  बन्द गर्न गरेको अनुरोध शनिबार कार्यान्वयनमा आएका छन् ।

सरकारले जापानिज सैलिका इजकाया रेस्टुरेन्टहरु बिहान ५ बजे देखि ८ बजे सम्म मात्र खोल्न र बेलुका ७ बजेबाट अल्कोहल बेच्न अनुरोध गरेको गरेको छ जसको कारण बेलुका प्राय सुनसान देखिन्छ | यसको मतलब मानिसहरुले आफ्नो जिबनसैली परिबर्तन गरि बिना आवस्यक घरबाट न-निस्कने नीति अबलम्बन गरेको छ |

टोकियो, सिन्जुकु, सिबुइया लगाएत मानिसको अत्याधिक चाप्  हुने ट्रेन स्टेशनहरु केवल मानिसको उपस्थिति न्युन देखिन्छ | यस्ता स्टेशनमा भएका अधिकांस ठुला तथा मसिना कोम्बिनी बाहेकका  पसल तथा  रेस्टुरेन्टहरु बन्द भएका छन्  | मानिसको अत्याधिक भिड हुने एमोनोते लाइन पनि केवल खालि जस्तै देखिन्छ | अरु लाइनहरु प्राय सुन्य जस्तै रहेको छ |

दैनिक जिबनमा अति आबस्यकिय ब्यबसाय, सुपरमार्केटहरुमा  उच्च सतर्कता आपनाइएको छ |  सुपर्मार्केटहरुमा खादान्य बस्तु लगाएत  माक्स, टिस्यु पेपर, सेनिटाईजर, हात धुने लिकुइड जस्ता बस्तुहरुको अभाब छ |

 

यो पनि पढ्नुहोस !

टोकियो संकटकालको दोश्रो दिन, के छ स्थिति ?

जापान सरकारद्वारा आपतकालिन अवस्थाको  घोषणा, टोकियो लगाएत सात प्रान्तमा लागु हुने !

 

 

फेसबुक प्रतिक्रियाहरु