२०८२ जेष्ठ ७, बुधबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

३० चैत, काठमाण्डौ । को’रोनाले अहिले एउटा भेग, मुलुकलाई मात्र होइन, सम्पूर्ण मुलुकलाई त’र्साइरहेको छ । यो भाइ’रसले विश्वको परिदृश्य नै परिवर्तन गरिदिएको छ । समग्र मानव जाति अहिले को’रोनासँग जुधिरहेका छन् । यस्तै भा’इरस सन् १९१८ मा पनि फैलिएको थियो, जसलाई स्पेनिश फ्लु भनियो । त्यस समयमा यसको संक्र’मण जति तिब्र गतिमा फैलिएको थियो र जति मानिसहरुको मृ’त्यु भएको थियो, त्यसले सम्पूर्ण संसारलाई स्तब्ध बनाइदिएको थियो ।

१०२ वर्ष अगाडिको उक्त स्पेनिश फ्लूको महा’मारीबाट पृथ्वीका एक तिहाई जनसंख्या यसको चपे’टामा आएका थिए । त्यो बेला कम्तिमा पांँच देखि दश करोड मानिसहरुको मृ’त्यु उक्त फ्लका कारणले भएको थियो । भारतका प्रख्यात लेखक तथा कवि सुर्यकान्त त्रिपाठी निरालाकी श्रीमती सहित उनको परिवारका धेरै सदस्यहरुले त्यही रो’गका कारण ज्या’न गुमाएका थिए । उनले पछि घ’नामा आफ्नो परिवारको सदस्यहरु कसरी आफ्नो आँखाबाट ओझेल भए भन्ने कुरा लेखेका थिए । भारतको गंगा नदी श’वहरुले भरिएको थियो । चारैतिर यति धेरै श’व थिए, ती श’वहरु जलाउनका लागि दाउरा कम भएको कुरालाई पनि उनले उल्लेख गरेका थिए ।

स्थिति त्यो समयमा झन् धेरै बिग्रन पुगेको थियो, जब पानी नपरेर सवैतिर सुख्खा भयो र अनि’काल जस्तो स्थिति उत्पन्न भयो । खानेकुराको चर’म अभा’व हुन थाल्यो । खान नपाएर यसले गर्दा धेरै मानिसहरुको रो’ग प्रतिरोधक क्षमता कम हुन पुग्यो । महंगी बढ्यो । शहरहरुमा भिड बढ्न थाल्यो र भिडका कारण विरा’मी हुनेको संख्या झन बढ्न थालेको थियो । त्यति बेलामा चिकित्सकीय व्यवस्थाहरु अहिलेको तुलनामा धेरै कम थियो । हुन त आज पनि को’रोना भाइ’रसको उपचार पत्ता लागेको छैन, तर वैज्ञानिकहरुले को’रोना भा’इरसको जीन म्यापिङ गर्न सफल भने भएका छन् । यहि आधारमा वैज्ञानिकहरुले यसको खोप बनाउने दावी गरिरहेका छन् । सन् १९१८ मा जब त्यो फ्लू फैलिएको थियो, त्यतिबेला एन्टिबायोटिकको चलन त्यति धेरै थिएन । गम्भिर रुपले विरा’मीको उपचार गर्नका लागि त्यति धेरै मेडिकल उपकरणहरु पनि समावेश थिएन । प्रायः मानिसहरु घरेलू उपचारमा विश्वास गर्थे ।

त्यो महा’मारीबाट के सिक्ने ?
यी दुबै म’हामारी फैलनुबीचमा एक शताब्दीको अन्तर भएता पनि दुबै रोगबीचमा विभिन्न समानताहरु पनि देखिन्छ । हामीले धेरै आवश्यक कुराहरु त्यो फ्लूको अनुभवबाट सिक्न सम्भव छ । त्यो बेलामा पनि मानिसहरुलाई अहिले जस्तै बारम्बार साबुन पानीले हात धुनका लागि सम्झाइएको थियो । त्यस्तै एक–अर्कासँग उचित दूरी बनाउन भनिएको थियो । सामाजिक दुरीलाई त्यो समयमा पनि अति नै महत्वपूर्ण मानिएको थियो । अहिलेको जस्तो लक’डाउनको स्थिति त्यो समयमा पनि थियो र आज त्यहि स्थिति पुनः दोहोरिएको छ । स्पेनिश फ्लुबाट पाठ सिकेर आज हामीले सजगता अपनाउनुपर्ने हुन्छ । कसरी संभावित भयबाट बच्त आत्म अनुशासन पालना गर्ने ? कसरी खानेकुरा जतन र जोहो गर्ने ? कस्तो थियो लक्षण ?

स्पेनिश फ्लूको चपेटामा आएका बिरा’मीलाई ज्वरो आउने, हड्डी दुख्ने, आँखा दुख्ने जस्ता समस्या थियो । यसका कारणले धेरै मानिसको मृ’त्यु भयो । यो पनि एक ठाउँबाट अर्को ठाउँमा फैलिएको थियो । संसारका अधिकांश देशमा फैलिएको यो रो’गले भारतको मुम्बाई शहरमा महा’मारीको रुप लिएको थियो । संसारभरीमा यो रो’गबाट म’र्नेहरुको ठुलो संख्यामा भारत पाँचौं देश थियो । केही समयपछि आसाममा यो गम्भिर फ्लूको एउटा खोप तयार गरिएको थियो, जसले क’थित रुपमा हजारौं विरा’मीलाई खोप लगाईएको थियो । जसका कारण यो वि’रामीलाई नियन्त्रण गर्न केही हदसम्म सफलता प्राप्त भएको थियो । सन् २०१२ को एउटा रिपोर्ट अनुसार यो रो’ग पनि एउटा देशको मानिस अर्को देशमा आउने–जाने हुँदा यो फ्लूको सं’क्रमण फैलिएको भन्ने कुरा पत्ता लागेको थियो ।

अहिले पनि चीनको वुहान प्रान्तबाट शुरु भएको को’रोना भा’इरस संसारको प्रायः सबै देशहरुमा फैलिसकेको छ । यसको सं’क्रमणका कारण आज मृ’त्यु हुनेको संख्या करिव ९१ हजार पुगिसकेको छ भने लाखौं मानिसहरु यसबाट संक्र’मित भएका छन् । अहिले हरेक व्यक्ति यस भाइ’रसबाट आफु र आफन्तलाई कसरी बचाउने भन्ने कोशिशमा लागि परेका छन् । त्यो समयमा पनि सरकारी र गैर सरकारी संगठनहरु तथा स्वयंसेवीको समुहहरु अगाडि बढेर मोर्चा सम्हालेका थिए । उनीहरुले स–साना क्याम्प बनाएर मानिसहरुको सहायता गर्न शुरु गरेका थिए । पैसा जम्मा गरेका थिए, लुगा र औषधि बाँढेका थिए । नागरिक समुहले मिलेर कमिटीहरु बनाएका थिए । त्यति बेला पहिलो पटक पढेलेखेका र समृद्ध परिवारका मानिसहरु गरिबको सहयताका लागि अगाडि बढेका थिए ।

आजको दिनमा पनि एउटा अर्को महा’मारी, एउटा त्यस्तो ठुलो सं’कट हामीबीचमा आएको छ । हामीले पनि करिव १०२ वर्ष पहिलेको त्यो फ्लू र त्यो बेला मानिसहरुले अपनाएको संमयताबाट धेरै कुरा सिक्नु पर्छ । अहिले बढ्दै गएको को’रोना भा’इरसको समस्यालाई ध्यानमा राख्न आवश्यक छ र सबै मिलेर यस महा’मारीको लडा’ईमा अगाडि बढ्न जरुरी भएको छ ।

अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु