२०८१ माघ ११, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: कोरोनाभाइरसबाट विश्वव्यापी रूपमा मर्नेको संख्या एक लाख  भन्दा बढी पुगेको छ ।  संक्रमितहरूको संख्या  भने १६ लाख भन्दा माथि पुगेको जोन्स होप्किन्स विश्वविद्यालयले गरेको एक  सर्वेक्षणले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १६ हजार सात सय पुगेको छ । जसमध्य आधा जसो न्युयोर्कमा रहेको छ ।  इटालीमा हालसम्म १८ हजार ८ सय जनाले ज्यान गुमाएका छन् । अहिले अमेरिकाले चाँडै सबैभन्दा ज्यान गुमाउने देशमा इटालीलाई उछिनेको  छ ।

यसैगरि  कोरोना भाइरस (कोभिड–१९) को संक्रमनले  फ्रान्समा  १३ हजार भन्दा बढीले ज्यान गुमाएको छ  । अहिलेसम्म फ्रान्समा एक लाख २४ हजारभन्दा बढी संक्रमित देखिएका छन् । फ्रान्स संक्रमितको हिसाबमा यूरोपमा स्पेन र इटालीपछि सबैभन्दा बढी प्रभावित मुलुक हो । अहिलेसम्म फ्रान्समा २४ हजारभन्दा बढी संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रियाहरु