२०८१ पुस २७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

शान्तिराज राई

अहिले सामाजिक सञ्जालमा एउटा प्रहरीको तलब काटेर “कोरना रोकथाम नियन्त्रण कोषमा” जम्मा गर्ने विषय भाइरल भै रहेको छ । झट्ट सुन्दा ठिकै हो प्रहरी दाजुभाइ दिदीबहिनीहरु पनि यहि देशको राष्ट्रसेवक हुन । राष्ट्रलाई बिपत्ति पर्दा राष्ट्रसेवकहरुको बाट सहयोग अपेक्षा गर्नु गलत हैन ।

तर हामीले सोच्नुपर्ने कुराहरु निकै छन । नेपाल प्रहरी भन्ने बित्तिकै हामीले हाम्रो दिमागमा आइहाल्छ । एउटा राष्ट्रको जिम्मेवार रक्षक जो सरकारले अन्याय, अत्याचार, देखि लगेर कानुनले वर्जित गरेको कामहरु गर्नेलाई नियन्त्रण लिएर कानुनको दायरामा ल्याउनलाई निर्माण गरेको गैर-सैनिक सेवा हो । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको थियो ।

लेखक – शान्तिराज राई

कोरना भाइरस अहिले सबै विश्व जगतको टाउको दुखाईको बिषय बनिरहेको छ । त्यसैले हामी सजक हुनुको विकल्प छैन । किनकि रोगले न सानो, ठूलो न गरिब धनी भन्छ ।

त्यही अनुरुप सरकारले दिएको जिम्मेवारी प्रती राष्ट्रको लागि बफादार भएर अहिले घामपानी केही नभनी ज्यानको बाजि राखेर हाम्रै राष्ट्रसेवक दाजुभाइ दिदिबहिनीहरु सडकमा खटिरहेका छन । हामी जत्तिकै ज्यानको माया उनीहरुको पनि छ । उनीहरुलाई पनि सुरक्षित तवरले परिवार सङ्गै घरमै बस्न मन छ । तर जिम्मेवारि भन्दा ठूलो केही हुन्न । त्यसैले दिनरात आफ्नो जिम्मेवारी निर्वाह गरि रहेका राष्ट्रसेवकहरुको भत्ताको व्यावस्था गर्न जरुरत देखिन्छ ।

देशलाई हो अप्ठ्यारो परेको छ । यो अवस्थामा बरु जनप्रतिनिधि, सांसद, मन्त्री, सम्मानिय प्रधानमन्त्री, सम्मानिय राष्ट्रपतिको तलब काट्दा फरक पर्दैन । किनकी अहिलेको जनप्रतिनिधि देखि लगेर सम्पुर्ण उच्च ओहदाको व्याक्तित्वहरुको तलब नै नलिएनि दस पुस्ता पुग्ने सम्पती देखिन्छ ।

एउटा होटेलमा मज्जाले बसेर साथीहरूसङ्ग खान नपुग्ने तलब अनि स्वास्नीको गतिलो सारी किन्न नपुग्ने तलब काटेर अन्याय नगरौ । महङ्गि हेर्ने हो भने आकास छोएको छ । एउटा सिपाहीको तलबले काठमाडौमा श्रीमती छोराछोरी फ्लाइट लिएर राख्ने सपना मात्रै हुन्छ ।
त्यसैले सरकार अहिलेको अवस्थामा नेपाल प्रहरीको तलब काट्ने हैन प्रोत्साहन स्वरुप १००% भत्ता प्रदान गरियोस् ।

नोट – यो लेख सभार गर्न चाहनु हुने अनलाइन, पत्रीका र संचार माध्यम हरुले सक्नु हुनेछ ।

 

 

फेसबुक प्रतिक्रियाहरु