२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

मानमा: बहराइनमा थप १० जना नेपालीहरुमा कोरोना भाइरसको  संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमण हुने  नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको बहराइन स्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा कोरोना भाइरस  संक्रमितको संख्या तीन सय ४९ रहेको समेत दुताबासले जनाएको छ भने पाँच जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर र  चार सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो संगै बहराइन सरकारले अवैधानिक रुपमा बसोबास गर्दै आइरहेका गैर बहराइनबासीलाई ३१ डिसेम्बर सम्ममा  वैधानिक हुन वा बहराइन छाड्न आदेश सम्म दिएको दुताबासले जनाएको छ | साथै सार्बाजानिक ठाउहरुमा जादा अनिबार्य माक्स लगाउनु पर्ने, ५ जना वा सो भन्दा बढी संख्यामा भेला हुन नपाउने, सभा सम्मेलन गर्न नपाउने, पार्क तथा बिचमा घुमघाम गर्न नपाउने जस्ता सुचना समेत जाहेर गरेको छ |

पूर्ण बिबरण हेर्नुहोस ! 

 

 

फेसबुक प्रतिक्रियाहरु