२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

इटलीमा कोरोनाभाइरस लागेकी १०४ वर्षीया महिला निको भएकी छन् ।

आदा जानुसो नामक ती महिला उत्तरी इटलीको बिएलामा रहेको नर्सिङ होममा मार्च १७ मा बिरामी परेकी थिइन् ।

उनलाई लगातार बान्ता, ज्वरो र सास फेर्न गाह्रो भएपछि स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ भएको पाइयो ।

आदाकी चिकित्सकले कार्ला फुर्नो मार्चिसले भनिन्, ‘उनी ठीक भएकी छन् र अहिले खाटबाट कुर्सीसम्म जान सक्छिन् । उनको स्मरणशक्ति बलियै छ । अहिलेको यो कठिन समयमा उनी निको हुनु हाम्रा लागि खुशीको कुरा हो र आशाको संकेत पनि हो ।’

इटलीका अधिकारीहरूले दैनिक मृत्युदर घटेकाले नियन्त्रणहरू छिट्टै फुकुवा गर्ने भनी बताएको भोलिपल्ट आदा ठीक भएको खबर आएको हो ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु