२०८१ पुस २५, बिहिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: जापान सरकारले मंगलबार बिहान टोकियो लगाएत अन्य छ  प्रान्तहरुमा कोरोनाभाइरस प्रकोपको कारण आपतकालिन अवस्थाको  घोषणा गर्ने तयारि गरेको छ ।

टोकियो लगाएत कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका गरि सात प्रान्तहरुमा आपतकालीन घोषणा गर्ने अन्तिम  तयारि गरेको र यो सम्भवत मंगलबार  चाँडै घोषणा गर्ने  टोकियोका गभर्नर कोइके यूरिकोले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

टोकियोमा  आइतवार ठूलो संख्यामा नयाँ संक्रमण देखेकाले ठुलो भयाबह रोक्न आपतकालिन अबस्थाको  तयारि गरेको समेत बताएको छ । टोकियो गभरमेन्टले  आपतकालीन अवस्थामा के गर्ने के नगर्ने भन्ने  जानकारीको समेत सुचित गर्ने जनाएको छ | आपतकालीन अबस्था लगभग   एक महिना को लागी हुने छ | 

आपत कालिन घोषणाले यी प्रान्तहरूका  बासिन्दाहरूलाई अनावश्यक बहिर्गनबाट टाढा रहन मदत गर्ने  र   भाइरसको थप फैलावट रोक्नको लागि सहयोग पुर्‍याउने आशा गरिएको छ  ।

आपतकालीन समयमा  स्कूल,डिपार्टमेन्ट स्टोरहरू, सिनेमाघरहरू, पबहरु लगाएत  अन्य पब्लिक आवात्स्था जावत या जम्मा हुने  स्थानहरु बन्द हुनेछन । स्वीकृति बिना कुनै पनि किसिमको कामहरु या भवन निर्मानहरु गर्न अधिकार दिइने छैन।

 

फेसबुक प्रतिक्रियाहरु