काठमान्डौ: कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले पुनह लकडाउन लम्ब्याउने तयारि थालेको छ ।
लक डाउनबारे छलफल गर्न आज सोमबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्ने छ |
कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन एकसाता थप गर्ने निर्णय गरेको थियो। सरकारले यसैको आधारमा लकडाउनको अवधि थप एकसाता लम्ब्याउने तयारी गरेको बुझिएको छ।
निर्णय सोमबरको मन्त्रिपरिषद् बैठकमा प्रस्तावका रुपमा पेस गर्ने तयारी भएको उच्चस्तरीय समितिनिकट स्रोतले जनाएको छ।





