काठमाडौं : कञ्चनपुरमा थप ३ जना नयाँ संक्रमित भेटिए संगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ९ पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरसबाट संक्रमित ३ जना फेला परेसँगै नेपालामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ९ पुगेको हो ।
भाइरसबाट संक्रमित भारतको मुम्बइबाट केहि दिन अगाडी मात्र नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको हो ।
यस्तै भारतकै उत्तराखण्डबाटनै आएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोना भाइरसको पुष्टि भएको छ ।
यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।
योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।





