२०८१ पुस २६, शुक्रबार
  • Namaste Khabar ५ वर्ष अगाडि

फ्रान्स: कोरोना भाइरस (COVID -19) को संक्रममणको कारण फ्रान्समा एकै दिनमा १३५५ जनाले ज्यान गुमाएका छन ।

पछिल्लो समय बिस्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको मृत्य दर यो अहिले सम्मकै उच्च हो । अमेरिका, इटाली, स्पेन पछी अहिले फ्रान्समा भाइरसको संक्रमण तीव्र देखिएको छ ।

पछिल्लो  २४ घण्टामा १ हजार ३५५ जनाले ज्यान गुमाएसँगै फ्रान्समा मृत्यु  हुनेको संख्या ५ हजार ३८७ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार १ सय ५ जना पुगको छ । जसमा एकैदिन २ हजार १ सय १६ जना संक्रमित भएको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु