अहिले विश्व ग्लोबल ट्रेन्डमा चलिरहेको छ । त्यसैले कुनै न कुनै देशको परम्परा सस्कृतिको बारेमा हामी जानकार नै छौ । त्यसैको अनुरुप भ्यालेन्टाइन डे, अङ्ग्रेजी नयाँ बर्ष जस्ता थुप्रै चाड र उत्सवहरु हामी सेलिब्रेसन गर्छौ ।
विदेशीहरु पनि नेपाली पात्रो हेरेर यहाको चाडपर्व पारेर रमाइलो गर्न आइपुग्छन । जस्तै दशै मन पराउनेहरु दशैमा आइपुग्छन । कोहि होलि मान्ना होलिमा नेपाल भ्रमण तया गरेका हुन्छन । असार पन्ध्रमा आएर धान दिवसको दिन हिलोमा मज्जाले रम्छन ।
लेखक – शान्तिराज राई
हामीले ग्लोबल ट्रेण्डलाई स्विकार्दै जादा र त्यहाको कल्चरलाई स्विकार्दै गर्दा केही ख्याल गर्नुपर्ने देखिन्छ ।
जस्तै आज अप्रिल फर्स्ट यानेकि विश्व मूर्ख दिवस यसलाई प्रयोग गरेर केही मानिसहरु प्लानिङमै अरुको चरीत्र हत्यामा उत्रेको पाइन्छ ।
विश्व अहिले आक्रान्त भएको छ । कोरना भाइरसले हजारौंको ज्यान जादैछ भने लाखौ मान्छेहरु मृत्युसङ्ग लडिरहेका छन । यस्तो अवस्थामा कसै माथी मजाक गर्नु भनेको आफै महा मूर्ख बन्नु हो ।
विश्वलाई अहिले दुखेको छ । मानव जगतको अस्तित्वनै के हुने हो निर्क्यौल गर्न सकिरहेको छैनौ । यतिबेला कसैको सानो मजाकले कसैको आत्मबल घट्न सक्छ । हाम्रो सानो मजाकले उस्को जिन्दगीभर मजाक बन्न सक्छ । यतिबेला सबैलाई दुखेको बेला मजाक गरेर झन अरुलाई नदुखाउ सकिन्छ हौसला दिएर नयाँ उर्जा थप्न मद्दत गरौ ।
झन हामी संचारकर्मिको भुमिका अहिले कती जिम्मेवार छ भन्ने कुरा आफै महसुस गर्न सकिन्छ । सानो आशाको दियो भनेको हामि नै हो । एउटा बन्द कोठाभित्रबाट हाम्रो पलपलको अपडेट नियालिरहेका आशाको दियो कुरिरहेका माथी मजाक गर्नु भनेको गम्भीर अपराध हो ।
त्यसैले मजाक छाडेर सहि सूचना सम्प्रेषण गर्न तिर जोड दिऔ । अनि विश्वले लडिरहेको मानव अस्तित्वको लडाइँमा आफ्नो जिम्मेवारी पूरा गरौ ।